

जिपको ठक्करबाट रुपन्देहीमा दुईजनाको ज्यान गयो


बुटवल ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको हो ।
अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।


खबर सबै
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद






प्रतिक्रिया