

जिपको ठक्करबाट रुपन्देहीमा दुईजनाको ज्यान गयो



बुटवल ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको हो ।
अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया