

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित


एजेन्सी ।
कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३(२ गोल अन्तरले पराजित गरेको हो । बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।
तर, खेलको १४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १(१ गोलको बराबरीमा फर्काए । ३८औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए । दोस्रो हाफको ६२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३(१ ले अघि रह्यो ।
त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३(२ ले विजयी भयो । बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया