

आयल निगमको लुम्बिनी प्रादेशिक डिपोमा अत्याधुनिक प्रविधि जडान




पुस १९, काठमाण्डौ ।
नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड(अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । यस प्रविधिको एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गर्नुभयो ।
सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन यस प्रविधि जडान गरिएको बताउनुभयो । प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताउनुभयो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशसँगै अन्य कार्यक्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउने बताउनुभयो ।
निगमले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड(अनलोड गर्न सुरु गरिएको हो । एपीआइ मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्याङ्कररट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।
दुई करोड ५० लाख रुपैयाँ लागतमा यस प्रविधि जडान गरिएको निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार तीनवटा पम्प जडान गरेर आठ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि त्यस कार्यालयबाट आठ घण्टामा तीनरचार लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकामा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।
डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोलरमट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ । नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न ठाउँबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर लोड(अनलोड गर्न, भारतबाट तेल लिएर आएका ट्याङ्करलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यता अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।
नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै मागअनुसार पेट्रोलियम पदार्थ लोड(अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।
पार्किङस्थल विस्तार
नयाँ प्रविधि जडानसँगै लुम्बिनी प्रादेशिक कार्यालयको पार्किङसमेत विस्तार गरिएको छ । पर्याप्त पार्किङ सुविधा नहुँदा ट्याङ्कर ट्रक राख्न समस्या हुने गरेकामा पार्किङस्थल विस्तारपछि १०० ट्याङ्कर ट्रक पार्किङ गर्न सकिने निगमले जनाएको छ ।
यसैगरी दुर्घटनाबाट बच्न इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, इलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यले इलेक्ट्रिक प्यानल बोर्ड, एटियस प्यानलको जडानसहितको इलेक्ट्रिकल प्यानल हाउस निर्माण गरेको छ ।
नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकीकरण गरेसँगै व्यवसायीलाई सहज हुने बताउनुभयो । उहाँले नयाँ प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरेबापतको कमिसन बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।रासस


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया