

रातिको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आवत–जावत गर्न नपाइने



बर्दिया, पुष १८
बर्दियाको पूर्व–पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा आवत÷जावत गर्न निकुञ्ज प्रशासनले रोक लगाएको छ ।
शुक्रबार राति मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले तानेर हत्या गरेपछि शनिबार बर्दिया राष्ट्रिय निकुञ्जले एक सूचना जारी गर्दै रातिको समयमा आवतजावतमा रोक लगाएको हो ।

अब उक्त सडक–खण्डमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म पैदल यात्री तथा मोटरसाइकलमा आवतजावत गर्न पाइने छैन ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘हिंस्रक वन्यजन्तुको आक्रमणबाट भवितव्यमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै मिति २०७७/०९/१८ गतेदेखि लागू हुनेगरी उक्त सडक–खण्डमा हरेक दिन बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको व्यहोरा सम्बिन्धित सबैमा जानकारी गराइन्छ ।’



खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया