

रातिको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आवत–जावत गर्न नपाइने



बर्दिया, पुष १८
बर्दियाको पूर्व–पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा आवत÷जावत गर्न निकुञ्ज प्रशासनले रोक लगाएको छ ।
शुक्रबार राति मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले तानेर हत्या गरेपछि शनिबार बर्दिया राष्ट्रिय निकुञ्जले एक सूचना जारी गर्दै रातिको समयमा आवतजावतमा रोक लगाएको हो ।

अब उक्त सडक–खण्डमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म पैदल यात्री तथा मोटरसाइकलमा आवतजावत गर्न पाइने छैन ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘हिंस्रक वन्यजन्तुको आक्रमणबाट भवितव्यमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै मिति २०७७/०९/१८ गतेदेखि लागू हुनेगरी उक्त सडक–खण्डमा हरेक दिन बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको व्यहोरा सम्बिन्धित सबैमा जानकारी गराइन्छ ।’



खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया