
चन्द्रागिरीको हिल्सको आईपीओ अब सर्वसाधारणलाई, कति गर्ने आवेदन ?

काठमाडौं , पुस १७
चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो ।
चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गदै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकिने जनाएको छ । चन्द्रागिरीले चुक्ता पुँजीको १० प्रतिशतले हुने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयवासीका लागि २ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।
आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ । सर्वसाधारण समूहका आवेदकले यो सेयर लक्की ड्रमार्फत् १० कित्ताका दरले प्राप्त गर्ने निश्चितजस्तै छ । त्यसैले प्रत्येक आवेदकले १० कित्ताको लागि मात्रै आवेदन गर्दा पर्याप्त हुने अवस्था देखिन्छ ।
चन्द्रागिरिले आफ्नो सेयरको निष्कासनका लागि यही जेठ २५ गते निवेदन दिएको थियो । आईपीओ प्रस्ताव स्वीकृत भएपछि पुस १ गतेदेखि स्थानीयवासीका लागि आईपीओ बिक्री गरिएको थियो । सो कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।
यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ । यो केबलकारमा ग्लोबल आईएमई समूह र त्यसअन्तर्गतका सदस्यहरुकै बहुसंख्यक लगानी रहेको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया