

तत्काल संसद बैठक बोलाउनुपर्छ : नेपाली कांग्रेस



पुस १, काठमाडौं ।
नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताका साथै संसदीय फाटका नेताहरु सम्मिलित बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ भने बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ ।
बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया