

जनता आवास कार्यक्रम : २६७ घर निर्माण हुँदै



पौष १ दाङ ।
दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ वटा घर निर्माण हुँदै छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनोट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् ।
यो कार्यक्रमअन्तर्गत रोल्पामा ११२, प्युठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् । दाङमा गत आर्थिक वर्षमा छनोट भएका बबई गाउँपालिकामा २०, दंगिशरण गाउँपालिकामा १७, शान्तिनगर गाउँपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंलाचुली गाउँपालिकामा ३६ लमही नगरपालिकामा २९ राप्ती गाउँपालिकामा १३, गढवा गाउँपालिकामा १५ र राजपुर गाउँपालिकामा २१ घर निर्माण सम्पन्न हुन लागेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेरबहादुर केसीले बताए । उनले घर निर्माणका लागि तीन किस्ता रकमसमेत वितरण गरेको बताए ।
सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया