कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ र १४ औ साधारण सभा सम्पन्न

कपिलवस्तु, मंसिर २७

कृषि बहुउद्देश्यीय सहकारी संस्था को १३ औ र १४ औ साधारणसभा सम्पन्न भयको छ । बिश्वभर फैलिएको कोभड १९ का असहज परिस्थितिमा नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड को पुर्ण पालना गर्दै सहकारी विभागको सहकारीको साधारणसभा सम्बन्धि कार्यबिधि बमोजिम यहि मिति २०७७/०८/१२ देखि २०७७/०८/२७ सम्म साधारणसभा खुल्ला गरियको थियो ।

सोही समयमा सम्पुर्ण शेयर सदस्य हरुलाई बार्षिक प्रगति प्रतिबेदन घर घरमा गई बुझाइएको थियो र सल्लाह सुझाब सोही प्रतिबेदन का आधारमा सस्थामा पालैपालो आएर बुझाउने साथै उपस्थिति जनाउने गरिएको थियो । साधारणसभाको समापन कार्यक्रम संस्थाका अध्यक्ष सुर्यप्रसाद पौडेल अध्यक्षतामा, उपाध्यक्ष तथा सहकारी बजार संयोजक कृष्णप्रसाद न्यौपानेको स्वागत मन्तव्य र सचिव लक्ष्मी कडेलको सञ्चालनमा भएको थियो ।

अध्यक्ष पौडेलले नीति तथा कार्यक्रम ,सचिब कडेल ले बार्षिक प्रगति प्रतिवेदन ,लेखा सुपरिवेक्षण समिति संयोजक मोहन अधिकारी ले लेखा प्रतिवेदन र बजार संयोजक को तर्फबाट कृष्णप्रसाद न्यौपानेले सहकारी बजारको प्रतिबेदन बारे प्रष्ट पानुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहकारी एकीकरण सम्बन्धमा सरकारको नीति अनुरुप सहकारी एकीकरण हुन लागेको र एकीकरण पश्चात् थप प्रभाबकारी साथै शेयर सदस्य लक्षित कार्यक्रम गर्ने बिश्वस्त पार्नुभयो र आगामि साधारण सभा एकीकृत साधारणसभा हुने पनि बताउनु भयो । बाणगङ्गा नगरपालिका भित्र रहेका ७ ओटा विभिन्न सहकारी एकीकरण हुने प्रकृयामा रहेका छन् ।

संस्थाका उपाध्यक्ष तथा सहकारी बजारका संयोजक श्री कृष्णप्रसाद न्यौपानेले सहकारी बजारको आवश्यकता ,औचित्य तथा चुनौती माथि प्रकाश पार्दै सकारात्मक सुझाव को अपेक्षा गर्नु भएको थियो । आ.व. २०७६/०७७ मा सहकारी बजारमा २०८५२९०३ को सामाग्री खरिद गरी २१०००६१८ को बिक्रि गर्दै २३९९९०७ बराबरको बिक्रियोग्य सामाग्रिको स्टक रहेको जानकारी गराउनु भयो ।

साथै उहाले वाणगङ्गा नगरपालिका भित्रका ७ ओटा सहकारी संस्था एकीकरण प्रक्रिया अगाडि बढेको र संस्था एकीकरण बाट सबैलाइ फाईदा हुने समेत प्रस्टाउनु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार गुणादेबि पन्थि ,ज्ञानराज अर्याल , शेयर सदश्य बाबुराम भण्डारी ले आफ्नो मन्तब्य राख्नुभएको थियो । संस्थाले आगामि दिनमा कार्यन्वय गर्ने प्रस्तावित नीति तथा कार्यक्रम पारीत गर्दै साधारणसभा बाट १४ वटा निर्णयहरु सर्वसम्मत पारीत गरेको थियो ।

प्रतिक्रिया

खबर सबै