

सिनर्जी सहकारीको १३ वार्षिक साधारण सभा सम्पन्न



मंसिर २७, कपिलवस्तु
सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी एकिकरणबाट बहुउद्धेश्यमा जाने सर्व सम्मत निर्णय गरेको छ । २०७७ साल मंसिर १२ गतेदेखी मंसिर २७ गते सम्म संचालित १३ औं वार्षिक साधारण सभाले सर्वसम्मत यस्तो निर्णय गरेको हो । सोही साधारण सभाले संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेद्धारा प्रस्तुत आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष चिरन्जीवि पन्थबाट प्रस्तुत को आ.व. २०७६÷०७७ को आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन, सचिव कृष्ण पाण्डेद्धारा प्रस्तुत वार्षिक प्रगती प्रतिवेदन लगायतका महत्वपूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित गरेको संस्थाका कोषाध्यक्ष चिरन्जीवि पन्थले जनाएको छ ।
साधारण सभाको समापन समारोहमा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य एवम् जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीको भूमिका समय सापेक्ष परिर्वर्तित हुनुपर्नेमा जोड दिदै सदस्यको उत्पादनमूखी हुुनुपर्नेमा जोड दिनु भयो ।
साधारण सभामा संस्थाका सल्लाहकारहरु उमानाथ पौडेल, डोलकराम घिमिरे, हरि बहादुर क्षेत्री, रुक बहादुर भुसाल, बिनिराम पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
सभामा बोल्ने बक्ताहरुले संस्थाले गरेका कामको प्रंशसा गर्दै सदस्यहरुको सिपको विकास, सिकाईको आद्रान प्रदान, नमुना योग्य कार्य तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनु भएको छ । त्यस्तै उहाँहरुले अन्तराष्ट्रिय मापदण्डको एक्सिस ब्राण्डको सफलतामा समेत जोड दिदै सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा उदाहरणिय कार्य गर्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।
साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रम र प्राप्त सुझावहरुका बारेमा संचालक समितिको तर्फबाट धारणा राख्दै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले संस्थालाई विधि, प्रक्रिया र शुसाशनको माध्यमबाट संस्थालाई नमुना योग्य बनाउदै अगाडी बढने धारणा राख्नु भयो ।
साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, संचालक समिति उपाध्यक्ष कूलराज पौडेलको धन्यवाद मन्तब्य र सचिव कृष्ण पाण्डेको संचालनमा भएको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिनु भयो ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया