

विश्वकप जिताएका रोसीको मृत्यु


एजेन्सी, मंसिर २५
लेजेण्ड तथा इटालीलाई विश्वकप जिताएका फरवार्ड पाउलो रोसीको निधन भएको छ। केही समययता विभिन्न खाले स्वास्थ्य समस्यासँग जुध्दै आएका ६४ वर्षिय रोसीको मृत्यु भएको हो।
इटालीका लागि ४८ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकप १९८२ मा गोल्डेन बुट विजेतासमेत रहेका रोसीले २० गोल गरेका थिए। युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने उनले त्यहीँ वर्ष बालन डी अर पुरस्कार पनि जितेका थिए।
सन् १९८१ मा टुरिन फर्किनुअघि युभेन्टसबाटै करियर सुरु गरेर रोसीले कोमो, भिसेन्जा र पेरुजियाबाट पनि व्यवसायिक फुटबल खेलेका थिए।

सन् १९७७-७८ को सिजनमा भिसेन्जाबाट उनले २४ गोल गर्दै इटालियन सिरी ‘ए’ को उच्च गोलकर्ता पुरस्कार जितेका थिए।
युभेन्टसमा चार सिजन बिताउने क्रममा उनले दुई पटक इटालियन सिरी ‘ए’, एक पटक कोपा इटालिया र एक पटक युरोपियन कप तथा अन्य थुप्रै उपाधि जितेका थिए।
![]()
व्यावसायिक फुटबलको अन्तिम समयतिर भने उनले हेलास भेरोना र एसी मिलानबाटसमेत व्यवसायिक फुटबल खेलेका थिए।
सन् १९८२ को विश्वकपको फाइनलमा पश्चिम जर्मनीविरुद्ध खेल जित्दा उनले निर्णायक गोल गरेका थिए।
इटालीका लागि विश्वकपमा उनले ९ गोल गरेका थिए।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया