मापदण्ड विपरीत चलेका दाङका १० क्रसर बन्द

दाङ, मंसिर २४
मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन् ।
तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा.लि., जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको हो ।
त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सेतोपाटीलाई जानकारी दिए।
‘बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्दै आएका दश वटा क्रसर उद्योग हामीले मंगलवारदेखि बन्द गरेका छौं,’ प्रजिअ आचार्यले भने, ‘अब उनीहरुले क्रसिङ गर्न पाउने छैनन्।’
मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन्।

यद्यपी उनीहरूले अनुमति लिए अनुसारको बालुवा वासिङको काम भने गर्न पाउने प्रजिअ आचार्यले बताए।
‘अनुमति एउटा तर, काम अर्कै गरेको हुँदा क्रसिङको काम बन्द गर्नु परेको हो,’ आचार्यले भने, ‘हामीले दिएको सवयावधि भित्र सञ्चालक आफैंले क्रसिङ बन्द गरेका छन्।’
बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएका ती उद्योग सञ्चालकले आफैं मेसनरी सामान व्यवस्थापन गरिरहेको प्रजिअ आचार्यले जानकारी दिए।
दाङमा १२ वटा क्रसर उद्योग दर्ता भए पनि जम्मा १० वटा सञ्चालनमा रहेको स्थानीय प्रशासनले अनुगमन पछि जानकारी दिएको थियो ।
जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्। तर, त्यसमध्ये ६ वटा बन्द अवस्थामा छन्।
जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द गर्नु परेको प्रजिअ आचार्यले दाबी गरे।
गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।
सोही अनुरूप दाङमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीले हप्ता दिन लगाएर जिल्लाका क्रसर उद्योगको अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गर्न १५ दिनको समयसिमा तोकेको थियो।

खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान

प्रतिक्रिया