

कोरोनाको उपचार, आपत्कालीन प्रयोगका लागि स्वीकृति माग्दै फाइजर


ई–साझाकुरा, मंसिर २२

फाइजरले आफ्नो कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगको स्वीकृतिका लागि भारतमा पनि निवदेन दिइसकेको वरिष्ठ सरकारी स्वास्थयविद्ले एक टेलिभिजन अन्तरवार्तामा बताएका छन् । यसरी विश्वकै दोस्रो धेरै संक्रमण दर भएको भारतमा फाइजरले आफ्नो खोप प्रयोगमा ल्याउने प्रयास गरिरहेको छ ।
यसअघि बेलायत, फाइजरको खोपलाई स्वीकृत गर्ने पहिलो मुलुक बनेको थियो । यो खोप अमेरिकी कम्पनी र जर्मनको बायोएनटेकले मिलेर निर्माण गरेका हुन् ।
भारतीय औषधि निकायहरुले कुनैपनि खोप स्वीकृत गर्न सामान्य अवस्थामा ९० दिनसम्म लगाउने गर्दछन् तर फाइजरको खोपका लागि भने यो प्रक्रिया छिटै पूरा गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयले यसबारे कुनै आधिकारिक धारणा दिएको छैन ।
यसबाहेक भारतले अहिले पाँचवटा स्थानीय रुपमा परीक्षण भइरहेका खोपको पनि अपेक्षा गरेको छ, जससमध्ये एउटा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले निर्माण गरेका हुन् । फाइजरको खोप माइनस ७० डिग्रीमा स्टोर गरि राख्नुपर्ने हुनाले पनि भारतमा त्यस किसिमको स्टोरेज सेवा सबैतिर नहुने हुँदा यो खोपको प्रयोग कठिन हुने बताइएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया