

महिलामाथि दुर्व्यवहारको आरोपमा झाँक्री थुनामा



ई–साझाकुरा, मंसिर २२
महिलामाथि दुर्व्यवहार गर्ने झाँक्रीलाई जिल्ला अदालत, बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको ईजलासले बढैयाताल गाउँपालिका—१ का धामी बताउने अक्षयकुमार चौधरीलाई पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो ।
बोक्सी पहिचान गर्न भन्दै धामीकहाँ पुर्याउन प्रोत्साहन गरेको र स्थानीय महिलामाथि बोक्सीको आरोप लगाउने दुई जनालाई जनही १ लाख ९ हजार ५ सय धरौटी लिई तारेखमा छाडिएको छ । जिल्ला न्यायाधीश बरालका अनुसार धरौटीमा छुटेकामा बढैयाताल गापा—१ का राजकुमार चौधरी र लिला शाही हुन् ।
बढैयाताल गाउँपालिकाकी शाहीले स्थानीय एक २४ वर्षीया महिलालाई झाँक्री बताउने अक्षयकुमार चौधरीले बकाउन लगाई दुर्व्यहार गरेको अभियोग रहेको छ । धामीले मोबाइलमा पीडित महिलालाई बोक्सी आरोप लगाएको रेकर्ड पठाएका थिए । चौधरीलाई बोक्सी आरोप (कसुर र सजाय) ऐन ०७२ अन्तर्गत कसुर ठहरिए ३ देखि ७ वर्षसम्म जेल सजाय र ७५ हजार जरिमाना तिर्नु पर्ने उल्लेख छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया