

महिलामाथि दुर्व्यवहारको आरोपमा झाँक्री थुनामा



ई–साझाकुरा, मंसिर २२
महिलामाथि दुर्व्यवहार गर्ने झाँक्रीलाई जिल्ला अदालत, बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको ईजलासले बढैयाताल गाउँपालिका—१ का धामी बताउने अक्षयकुमार चौधरीलाई पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो ।
बोक्सी पहिचान गर्न भन्दै धामीकहाँ पुर्याउन प्रोत्साहन गरेको र स्थानीय महिलामाथि बोक्सीको आरोप लगाउने दुई जनालाई जनही १ लाख ९ हजार ५ सय धरौटी लिई तारेखमा छाडिएको छ । जिल्ला न्यायाधीश बरालका अनुसार धरौटीमा छुटेकामा बढैयाताल गापा—१ का राजकुमार चौधरी र लिला शाही हुन् ।
बढैयाताल गाउँपालिकाकी शाहीले स्थानीय एक २४ वर्षीया महिलालाई झाँक्री बताउने अक्षयकुमार चौधरीले बकाउन लगाई दुर्व्यहार गरेको अभियोग रहेको छ । धामीले मोबाइलमा पीडित महिलालाई बोक्सी आरोप लगाएको रेकर्ड पठाएका थिए । चौधरीलाई बोक्सी आरोप (कसुर र सजाय) ऐन ०७२ अन्तर्गत कसुर ठहरिए ३ देखि ७ वर्षसम्म जेल सजाय र ७५ हजार जरिमाना तिर्नु पर्ने उल्लेख छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया