

खुकरी देखाएर सुनको सिक्री लुट्ने युवक पक्राउ



जंगलमा हिँडिरहेका दम्पत्तीलाई खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने एक युवा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं ३ का ३८ वर्षीय विनोदकुमार चौधरी र उनकी पत्नी मेनुका चौधरीलाई जंगलको बाटो भएर हिँडिरहेको समयमा खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने घोराही १३ ज्यामिरे बस्ने २८ वर्षीय दिलबहादुर घर्ती पक्राउ परेका हुन्।
घटनामा संलग्न भनिएका सोही ठाउँका गोले चौधरी भने फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। चौधरी दम्पत्तीलाई डर धम्की देखाएर उनीहरुको साथबाट दुई वटा सुनको सिक्री, चारवटा मोवाइल र दश हजार नगद उनीहरुले लुटपाट गरेको डिएसपी खड्काले बताए।फरार चौधरीको खोजी भइरहेको र पक्राउ परेका घर्ती विरुद्ध डाँका चोरी शिर्षक अन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया