

खुकरी देखाएर सुनको सिक्री लुट्ने युवक पक्राउ



जंगलमा हिँडिरहेका दम्पत्तीलाई खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने एक युवा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं ३ का ३८ वर्षीय विनोदकुमार चौधरी र उनकी पत्नी मेनुका चौधरीलाई जंगलको बाटो भएर हिँडिरहेको समयमा खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने घोराही १३ ज्यामिरे बस्ने २८ वर्षीय दिलबहादुर घर्ती पक्राउ परेका हुन्।
घटनामा संलग्न भनिएका सोही ठाउँका गोले चौधरी भने फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। चौधरी दम्पत्तीलाई डर धम्की देखाएर उनीहरुको साथबाट दुई वटा सुनको सिक्री, चारवटा मोवाइल र दश हजार नगद उनीहरुले लुटपाट गरेको डिएसपी खड्काले बताए।फरार चौधरीको खोजी भइरहेको र पक्राउ परेका घर्ती विरुद्ध डाँका चोरी शिर्षक अन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया