

बर्दियामा बस दुर्घटना हुँदा ३२ जना घाइते



मंसिर १९, बर्दिया ।
नेपालगन्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस पल्टिँदा शुक्रबार साँझ ३२ जना घाइते भएका छन् । तीमध्ये एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो ।
घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ६० वर्षीया माण्डवी थापालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी निरीक्षक थापाले बताए । तीव्र गतिमा गुडेको बस अनियत्रित भइ पल्टेको हो । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया