
सशस्त्रका एक हवल्दार कृष्णनगरबाट घूस सहित पक्राउ

मंसिर १९ रूपन्देही ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित सशस्त्रका एक हवल्दार पक्राउ परेका छन् । आयोगको बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको हो ।
घूस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कृष्णनगरमा घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया