

दाङमा बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्न एक पुरुष पक्राउ



लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला दाङ देउखुरीको गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि ती पुरुष पक्राउ परेका हुन् ।
गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पीडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिँडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नमिल्ने मुद्दा भनेपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।यही मंसिर १५ गते दिउँसो करिब २ बजे पीडितका श्रीमान् काममा गएको बेला एक्लो पारेर पिडक चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्न थालेको बेला एक स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिका आएको बताइएको छ ।
पिडकले बिगत ४ वर्ष अगाडीदेखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकोले आजसम्म सहेर बसेको पीडित महिलाले बताइन् । ‘मेरै जेठाजुले मलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्न थाल्नुभो, आजै काट्छु मार्छु भनेर धम्की दिनुभयो, अनि म ज्यान जोगाउन गाउँपालिका आएँ,’पिडित महिलाले गुनासो गर्दै भनिन् ।जेठाजुको छोरा मापसे गरेर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधी गर्नुको बदला गुरुवा कहाँ झारफूक गराइरहेको र आफुललाई बोक्सी लागिस् भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।
पीडित महिलाले जाहेरी दर्ता गरिसकेको र पक्राउ परेका पिडकलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् ।बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया