
प्रचण्ड-माधव पक्षको पत्राचारपछि नेकपाको सबै बैंक खाता रोक्का हुने

काठमाडौं, पुस १५
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो ।
निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।
विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेका कारण अबदेखि उक्त खाता रोक्का हुने ति अधिकारीले बताए । ‘हामीलाई कार्यालय सकिने बेलामा मात्रै जानकारी आयो, सबै बैंकहरुमा लिखित पत्र आएको रहेछ’ ति अधिकारीले भने, ‘विवाद भएपछि खाता सञ्चालन हुन सक्दैन, अब निर्वाचन आयोग वा अदालतको निर्णय कुर्नैपर्ने हुन्छ ।’
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि खाता रोक्का हुने बताए । कुनैपनि कम्पनी वा संस्थामा बिवाद भएको र खाता रोक्का गर्न आग्रह भए रोक्का गर्नै प्रचलन रहेको भन्दै नेकपाको हकमा पनि त्यहिँ हुने उनले बताए ।
‘राजनीतिक दलको पहिलो भए पनि यस्तो बिवाद बैंकहरुमा पहिले पनि आइराख्ने गरेका छन् यो नयाँ कुरा होइन’ अध्यक्ष दाहालले भने, ‘अदालतमा मुद्दा भए हामी अदालतको निर्णय कुर्नु पर्ने हुन्छ तर यहाँ निर्वाचन आयोगको निर्णय कुर्नु पर्ने होला ।’
उनले यस विषयमा राष्ट्र बैंकलाई जानकारी भने गराइने उनले बताए । तर, राष्ट्र बैंकले पनि खाता रोक्का गर्नु पर्छ भन्ने नै निर्णय दिने उनको भनाइ छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया