

बाँकेका २ र बर्दियाका १ गरी ३ जना कोरोना संक्रमितको मृत्यु



पुष १५ काठमाडौं ।
बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका(२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।
बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका(२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका(९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया