

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न



सागर पौडेल
नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न `देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले १२ जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई पुस ११ गते लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी अध्यक्ष बिमुन्स पौडेल ज्यु को प्रमुख अतिथ्यता र नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेल ज्युको अध्यक्षता रहेको कार्यक्रमको संचालन लुम्बिनी प्रदेश सचिव नारायण आचार्य `गुनाखर´ ज्युले गर्नु भएको थियो । नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो ।उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाजसेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो ।
यसै गरि लुम्बिनी प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सकृय भएर समाजसेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फ बाट आवश्यक सल्लाह,सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो । एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमिति बाट उपाध्यक्ष सीता अर्याल,महासचिव युवराज अर्याल,प्रवक्ता नारायण सेन,सदस्यहरु सुर्य नारायण बटला क्षेत्री ,विष्णु खनाल लगायत कुशल व्यावसायि/समाजसेवी/सामाजिक अभियान्ता खिमराज पोख्रेल एवं गोकुल अर्याल समेतको उपस्थिती रहेको थियो l


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया