

इंग्लिस क्लब टोटेनहम र म्यानचेस्टर सेमिफाइनलमा



पुस ९, एजेन्सी –
इंग्लिस क्लब टोटेनहम हस्टपर र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप –इएफएल० कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको क्वाटरफाइनलमा टोटेनहमले स्टोक सिटीलाई तथा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि जित निकाल्दै अन्ति चारको यात्रा तय गरेका हुन् । यससँगै इएफएल कपको सेमिफाइन समिकरण पुरा भएको छ ।
मंगलबार राति म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डले सेमिफाइनलमा स्थान बनाइसकेका थिए । अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा टोटेनहम र ब्रेन्टफोर्डबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल ४ जनवरीमा राति १०ः४५ बजे हुनेछ ।
टोटेनहमको जितमा ग्यारेथ बेल, बिन डेभिस र ह्यारी केनले गोल गरे । स्टोकका जोर्डन थोम्पसनले एक गोल फर्काए । स्टोक सिटीको मैदानमा भएको खेलमा २२औं मिनेटमा ह्यारी विङ्सको पासमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
५३आं मिनेटमा थोम्ससनले बराबरी गोल फर्काए । ७०औं मिनेटमा बिन डेभिसले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । ८१औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमको जित पक्का गरे ।
यस्तै अर्को खेलमा दुई मिनेटको अन्तरमा इडिन्सन काभानी र एन्थोनी मार्सियालले गाल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ । काभानीले ८८औं मिनेटमा तथा मार्सियालले ९०औ मिनेटमा गोल गरेका थिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया