

प्रधानमन्त्री ओलीको कदम लोकतन्त्रको मर्म विपरित छ : डा. भट्टराई (भिडियो सहित)



पुष ५ काठ्माडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरे सँगै नेपाली राजनिति अहिले तरङ्गित भएको छ । विभिन्न राजनैतिक दलका नेता तथा कार्यक्रताहरुले प्रधानमन्त्रीको सो कदमको आलोचना गरिरहेका छन् । सत्तारुढ नेताहरुले समेत ओलीले गलत गरेको टिप्पणी गरेका छन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले सो सिफारिस गरेपछि जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ संविधानमा आफुहरुले देशमा राजनितिक स्थीरता कायम राख्नका लागि प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष कायम गरीएको बताएका छन् । प्रधानमन्त्रीले गरेको संसदमाथिको प्रहार लोकतन्त्रको मर्म विपरित रहेको पनि बताएका छन् । यसले लोकतन्त्रको धज्जी उडाएको भन्दै प्रधानमन्त्रीको कदम गलत रहेको बताए । हिजोको संसदिय व्यवस्थामा रहेको अस्थिरता विताउने खेल भएको र नेकपाको दुई तिहाईको सरकार बन्दा पनि गैर जिम्मेवार पूर्ण हर्कत भनेका छन् । पछिल्लो यो कदम प्रति सबैपक्षबाट प्रतिवाद गर्नुपर्ने डा. भट्टराईले बताएका छन् ।
भिडियो सहित
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको भनाइ ! pic.twitter.com/ULxjj2hcwI
— Nepal Samajwadi Party (@SPONepal) December 20, 2020


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया