

हरित र स्मार्ट राजधानी बनाउने गरी लुम्बिनी प्रदेशमा गुरुयोजना बनाउन सुरु



पुस ४, दाङ
दाङको देउखुरी स्थायी राजधानी भएसँगै लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना बनाउन सुरु गरेको छ ।
गएको असोज २० गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको लागि गुरुयोजना बनाउने तयारी थालिएको हो ।
लुम्बिनी प्रदेशको राजधानीलाई नयाँ, अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अनुसार प्रदेशले पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रक्रियालाई अगाडि बढाएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्यको लागि छलफल गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार र चीन सरकारको बीचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले छलफलको नेतृत्व गर्नु भएको छ ।
‘राप्ती उपत्यका देउखुरीमा सुन्दर शहर बसाउने हाम्रो योजना छ’, छलफलमा मन्त्री केसीले भन्नुभयो, ‘व्यवस्थित शहर बनाउन चिनियाँ अनुभव र प्रविधिको सहयोगको अपेक्षा गर्दछौं ।’
चीन र नेपालको बीचमा वर्षौं पहिलेदेखिको आपसी सम्बन्ध रहेको स्मरण गर्दै दुई देश बीचको सहकार्यले नयाँ शहर बनाउने योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । लुम्बिनी प्रदेश सकारको तर्फबाट प्रदेशको गुरुयोजना निर्माणमा चिनियाँ अनुभव र प्रविधिमा सहयोग गर्न गरिएको आग्रहलाई चीनले स्वीकार गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले चीन भ्रमणको क्रममा सिचुवान प्रान्त बीच २०७६ असारमा भगिनी समझदारी गर्नु भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग जर्नल डाइरेक्टर सन हाइनले लुम्बिनी प्रदेश सरकारलाई शहर बसाउनको लागि योजना निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशको तर्फबाट पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले नयाँ शहरलाई प्रशासनिक केन्द्र अन्तरगत विभिन्न मन्त्रालय, प्रदेश सभा, प्रादेशिक कार्यालयहरु, सुरक्षा निकायहरु रहने विषयलाई प्राथमिकतामा राखेर गुरुयोजनाको तयारी गरिएको जानकारी दिनुभयो ।
‘शहरमा अन्य क्षेत्रहरु जस्तै व्यापारिक भवन, आवासीय भवन, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुवै तर्फ हरित बेल्ट रहनेछ’, प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भन्नुभयो, ‘प्रादेशिक राजधानी शहरको गुरुयोजना तयार गर्नको लागि लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय शहरी योजनाकार लगायतका विज्ञहरुको सहयोगको अपेक्षा पनि गरेको छ ।’
छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी सेन्ट्रल स्कुलका विज्ञ र चेन्धु प्लानिङ्ग कमिशनको स्पेसल कमिटीका विज्ञले नयाँ शहर बसाउने विषयमा मापदण्डहरुको बारेमा छलफल गरेका छन् ।
प्रादेशिक राजधानीको पूर्वाधारसहित नयाँ शहर बसाउँदा वातावरणलाई ध्यानमा राख्न सुझाव दिइएको छ । हरियो शहरको रुपमा विकास गर्न सकिने र त्यसका लागि पहाड र पानीलाई जोगाइ राखेर पर्यटनसँग जोड्न सुझाव दिइएको हो ।
चीन सरकारसँग भएको भर्चुअल बैठकमा सहभागी हुनुभएका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रादेशिक राजधानीलाई रमणीय र मनोरम बनाउने गरी गुरुयोजना बनाउनुपर्ने बताउनुभयो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया