

पाँच वटा गोली लागेका घाइते फेला

मंसिर ११, ई–साझाकुरा
दाङमा गोली लागेको अवस्थामा एक जना घाइते फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ। पौडेल बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोलामा गोली लागेको अवस्थामा फेला परेको डिएसपी सिंहले बताए।
घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ। पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन। उनी वन्यजन्तु शिकार गर्न भनेर गएको हुन सक्ने आशंका पनि गरिएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया