

पाँच वटा गोली लागेका घाइते फेला



मंसिर ११, ई–साझाकुरा
दाङमा गोली लागेको अवस्थामा एक जना घाइते फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ। पौडेल बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोलामा गोली लागेको अवस्थामा फेला परेको डिएसपी सिंहले बताए।
घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ। पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन। उनी वन्यजन्तु शिकार गर्न भनेर गएको हुन सक्ने आशंका पनि गरिएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया