

लुम्बिनी प्रदेशबाट समाजवादी अभियान नेपालको घोषणाको संकेत



मंसिर ६, कपिलवस्तु

नेपालको शिर्ष राजनितिमा विचलनको संकेत देखा परिरहेका बेला लुम्बिनी प्रदेशबाट रहस्यमय तरिकाले एक अभियानको संक्रियता बढेको छ ।
लुम्बिनी प्रदेशका जिल्लाबाट सुरु गरको सो सक्रियताले नेपालमा समाजवादी अभियान नेपालको घोषणा हुने तयारी चलिरहेको विभिन्न स्रोतले बताईरहेका छन । लुम्बिनी प्रदेशको कपिलवस्तुमा शनिबार बसको वैकल्पिक शक्तिका अभियान्ताहरुको बैठकले आगामी एक हप्ता भित्रै सो घोषणा गर्ने बुझिएको छ । नेकपाका बरिष्ठ नेता डोरप्रसाद उपाध्याय बामदेव क्षेत्री ,समाजवादी पार्टी नेपालका केन्द्रिय अभियान्ता विष्णुहरी शर्मा, नारायण खनाल सहित बसेको चारघण्टा लामो बैठकले नेपालमा समाजवादी अभियान सुरु गर्नुपर्नै निश्कर्ष निकालेका हुन । जसको उद्देश्य वैकल्पिक राजनिति, वैकल्पिक अर्थतन्त्र, वैकल्पिक समाज ,वैकल्पिक सांस्कृती र वैकल्पिक संगठन नभए सम्म समाजवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्न नसकिने ठहर गरको जनाएको छ ।
स्रोतका अनुसार समाजवादी अभियान नेपालका अभियान्ताहरुले आगामी शनिबार वुटवलमा बृहत पत्रकार सम्मेलन गरी समाजवादी अभियान नेपालको अवधारणा पत्र प्रस्तुत गर्ने र आफ्नो भावि निति तथा रणनितिहरु सार्वजनिक गर्ने स्रोतले बताएको छ । अर्धभुमिगत शैलीमा बसको बैठकले समाजवादका बहुआयामिक कोणबाट छलफल गरको भए पनि सो कुरा हालका लागि गोप्य राखिएको बताइएको छ ।
तत्कालिन नयाँ शक्ति नेपालका संस्थापक केन्द्रिय सदस्य समेत रहेका विष्णुहरी शर्मा डा. बाबुराम भट्टराईका राजनितिक गुरु हुन भने बामदेव क्षेत्री नयाँ दिल्लीमा रहेको जिएनयु युनिभरसिटिमा पढेका र सोही युनिभरसिटका प्रोफेसर रहेका र डा. भट्टराईका सबैभन्दा नजिकका साथी हुन भने हाल नेकपाका केन्द्रिय सदस्य हुन । त्यस्तै डोर प्रसाद उपाध्याय युवा अवस्थामै भुमिगत राजनितिमा सहभागि भएका र चार वर्ष सम्म डा. भट्टराईका स्वकिय सचिव रहेका व्यक्ति हुन भने नेकपाका केन्द्रिय सदस्य हुन । उनी यस अवधिमा संविधान सभाको सदस्य रहीसकेका र नेपालको सार्वजनिक लेखा समितिका सभापति रहिसकेका व्यक्ति हुन । उनी नेपालको राष्ट्रिय राजनितिमा स्थापित राजनितिज्ञ हुन । नरायण खनाल भुमिगत राजनिति गर्दै नेपालको राष्ट्रिय राजनितिमा बौद्धिक युवाको रुपमा चिनिन्छन् । खनाल तत्कालीन जनमुक्ति सेना नेपाल का सैनिक कमिसार तथा बौद्धिक युबा राजनैतिक बिश्लेषक पनि हुन । उनी तत्कालिन नयाँ शक्ति नेपालका संस्थापक केन्द्रिय सदस्य रहेका थिए ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया