

ब्लुटुथ खुल्लै छोड्दा के हुन्छ ? जानिराख्नुहोस




मंसिर ६ काठमाडौं ।
एन्ड्रोइड अपरेटिङ सिस्टम गोप्य र सुरक्षित छैन भन्ने कुरा कसैबाट लुकेको छैन । यो एकदमै कस्टमाइज्ड प्लेटफर्म भएको कारण धेरै मोबाइल प्रयोगकर्ताले अझै यसलाई मन पराउँछन् । गुगल डेभलपमेन्ट टिमले समय समयमा सुरक्षा सुनिश्चितताका लागि काम गर्दै अइरहेको छ । यद्यपि समयसमयमा यसको साइटमा विभिन्न कमजोरीहरु भने देखा पर्दै आएका छन् ।
केही समयअघिको एउटा रिपोर्टमा एन्ड्रोइडको सहायक सिस्टम गम्भीर रुपले कमजोर रहेको कुरा उल्लेख थियो । तर प्रयोगकर्ताका लागि सुखद खबर के छ भने यो समस्यालाई सेक्युरिटी प्याचबाट समाधान गर्न सकिन्छ ।
एन्ड्रोइडको एट अरियो तथा एन्ड्रोइड नाइन पाइमा त्यस्तो समस्या देखिएको थियो । ब्लुटुथ कनेक्टिभीटीको माध्यमबाट नजिकै रहेको एउटा रिमोट अट्याकरले केही आर्बिटोरी कोड घुसाउन सफल भएको पाइएको छ । प्रयोगकर्ताको जानकारी बिना नै यस किसिमको जोखिम आउन सक्छ ।
अट्याकरलाई ओपन ब्लुटुथ कनेक्सन प्लस युजर इन्ट्ररएक्सन बिनाको ब्लुटुथ म्याक एड्रेस चाहिन्छ । यस्तो अवस्थामा उनीहरुले तपाईंको डिभाइसमा भाइरस फैलाउनुका साथै व्यक्तिगत डेटा पनि चोरी गर्न पनि सक्छन् । एन्ड्रोइड टेनमा यस्तो कमजोरी देखिएको छैन तर यसअघिको एन्ड्रोइड एट र नाइन भने प्रभावित हुनसक्छ ।
यस्तो संमवेदनशीलता अर्थात जोखिमबाट बच्न एन्ड्रोइड एट र एन्ड्रोइड नाइनका लागि फेब्रुअरी २०२० मा सेक्युरिटी प्याच प्रयोग गर्न सुभाव दिइएको थियो । यसअलावा डिभाइसलाई सुरक्षा दिन अन्य सुरक्षा उपाय पनि अपनाउन सकिन्छ । त्यसको उत्कृष्ट उपाय भनेको फोन वा ट्याबलेटलाई नन डिसकभरेबल बनाउनु हो ।
त्यसो त डिभाइसहरु ब्लुटुथ स्कयानिङबाट डिस्कभर हुन्छन्, तर पुराना डिभाइसहरु अझ चाँडै डिस्कभर हुन्छन् । आवश्यकता नभएको समयमा ब्लुटुथबाट चल्ने हेडफोनहरु पनि टर्न अफ गरेर नन डिस्कभरेबल बनाउनुपर्ने हुन्छ ।
– टेकपानाबाट


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया