

छैठौँ धारा नेपालगञ्ज म्याराथन सुरु



मंसिर ६ नेपालगञ्ज ।
छैठौँ धारा नेपालगञ्ज म्याराथन सुरु भएको छ । नेपालका शीर्ष धावकहरु नेपालगञ्ज म्याराथनको उपाधी जितेर टोकियो ओलम्पिकमा जान प्रतिस्पर्धामा उत्रिएका छन् ।
म्याराथनको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्जको मेयर डा। धवलशमशेर राणालगायतले उद्घान गरेपछि धावकहरु दौड्न सुरु गरेका छन् ।
१३ औँ सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की, नेपालगञ्ज म्याराथनको पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गत वर्षका विजेता नवराज साउद र गतवर्ष दोस्रो भएका खगेन्द्र भाटसहितका धावक सहभागी छन् ।
नेपालगञ्ज म्याराथन विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने छन् । त्यसका साथै प्रथम हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् । यसपाली रेकर्ड ब्रेक गर्नेलाई २५ हजार तत्काल दिने घोषणा गरिएको छ । टोकियो ओलम्पिकमा रेकर्ड ब्रेक गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा भइसकेको छ ।
हाफ म्याराथनमा १३ औँ सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका धावक दौडिएका छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया