

उमालेको चियापत्ती काम लाग्छ, अब यसरी गर्नुस् सदुपयोग





काठमाडौंमंसिर ६, एजेन्सी
नेपालमा धेरै मानिस चिया पिउँछन् । चिया बनाएपछि प्रायः मानिसले चियापत्ती फ्याँकिदिन्छन् किनकि त्यसको कुनै उपयोग हुँदैन भन्ठान्छन् । तर उम्लेको चियापत्तीको पुनः उपयोग गर्न सकिन्छ ।
चियापत्तीमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ अनि यसको अन्य उपयोग पनि छ ।
घाउमा लगाउनुस्
चियापत्तीमा घाउ सुकाउने तत्त्वहरू हुन्छन् । चियापत्तीलाई उमालेर त्यसको लेप लगाउनुस् । चियापत्ती उमालेको पानीले घाउ धुनुभयो भने राम्रो हुन्छ ।
काबुली चनामा हाल्नुस्
काबुली चनालाई उमालिरहनुभएको छ त्यसमा अलिकति उम्लेको चियापत्ती हाल्नुस् । त्यसले चनाको रंग गाढा बनाउँछ ।
शीशा चम्काउन
चियापत्ती उमालेर त्यो पानीलाई चिसो बनाउनुस् अनि छान्नुस् । त्यो पानीलाई स्प्रेको बोतलमा हालेर शीशा सफा गर्नुभयो भने चम्किन्छ ।
फर्निचर सफा
फर्निचरलाई सफा गर्नका लागि चियापत्तीको प्रयोग गर्न सक्नुहुन्छ । उमालेको चियापत्तीलाई राम्ररी धोएर छान्नुस् । पानीलाई स्प्रे बोतलमा भरेर फर्निचरको सफाइ गर्नुस् । फर्निचर चम्किनेछ ।
बिरुवाको खाद
उमालेको चियापत्ती बिरुवाको खादका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बिरुवालाई पानीका साथसाथै समय समयमा खाद पनि आवश्यक हुन्छ । बाँकी रहेको चियापत्ती गमलामा हाल्नुस् । यसले गर्दा बिरुवा स्वस्थ रहन्छन् र छिट्टै बढ्छन् । –लोकान्तरबाट-


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया