
कपिलवस्तुका कैदिबन्दीहरुलाई पुस्तकालय स्थापना, चियागफको योजनाले लियो मुर्त रुप

कात्तिक ३० कपिलवस्तु
कपिलवस्तु जिल्लाका केही सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवाहरुको चियागफबाट बनेको योजनाले मुर्त रुप लिएको छ ।
जिल्लाका केही युवाहरुको योजना अनुसार देशभरका जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई कारागारमै सकारात्मक सोचको विकास गराउने उद्धेश्यले उनीहरुलाई पुस्तकालय स्थापना गर्ने सोच युवा अभियान्ताहरुको थियो । सोही अनुसार आज कपिलवस्तुको जिल्ला कारागारमा १५० बढी पठनयोग्य पुस्तकहरु सहित कारागार पुस्तकालय स्थापना गरिएको अभियान्ता दिवशराज पौडेलले जानकारी दिनुभएको छ ।
कारागारमै पुस्तकालय भन्ने अभियानका साथ पुस्तक संकलनमा लागेका युवा अभियान्ताहरुले कपिलवस्तु मात्रै नभई देशभरका ७७ वटै जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाइै कारागारमै पुस्तकालय निर्माण गरिदिने योजनामा रहेको बताएका छन् ।

जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गर्दै प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तुका युवाहरुको सोचलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासनबाट यी र यस्ता याजनाहरुमा सधै युवाहरुलाई सहयोगी भुमिका रहने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाली सेनाका मेजर ईश्वरी पाण्डे, जेलर राकेश पाण्डे, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक हरि खनालको अध्यक्षता सँगै अभियान्ता दिवशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला कारागार कपिलवस्तुको सहयोगमा स्थापना गरिको पुस्तकालयमा अब कैदीबन्दीहरुले आफ्नो सकारात्मक सोचको विकास र असल जीवनयापनका लागि राखिएका पुस्तकहरुबाट ज्ञान हासिल गर्नेछन् । विभिन्न जिल्लाका दशवटा सामाजिक संस्थाहरुको समन्वय र सहयोग सहित सुरु गरिएको यो अभियानमा अभियान्ताहरु गौरव पौडेल, आरती अर्याल, सुनिता वेल्वासे र असिम भट्टराईले केही महिना अघि चिया गफमा यो याजना बनाएको बताएका छन् । अभियानको दोस्रो पुस्तकालय स्थापना अब अर्घाखाँची जिल्लाको कारागारमा गर्ने योजना बनेको पनि अभिन्ता दिवस पौडेलले जानकारी दिनुभएको छ ।
यो अभियानलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने पनि उनीहरुको योजना रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया