

भाइटीकाको शुभसाइत ११:३७ मा


ई–साझाकुरा, कार्तिक ३०
यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले दिए ।
प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्ह: पूजा’ गर्न सक्ने उनले बताए । म्ह: पूजाको साइत आइतबार बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्राय: नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको पाटनका ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया