

पर्यटन प्रबद्र्धनका लागी विश्व साइकल यात्री शाह तिलौराकोट दरवारमा



कपिलबस्तु कार्तिक २८, सुरेश कुमार पांडेय
नेपालको पर्यटन प्रबद्र्धनका लागी पर्यटन व्यवसायीहरुको आयोजनामा विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा शुरु भएको छ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई यो साइकल यात्राले उत्थानमा सहयोग पुग्ने उद्देश्यले साइकल यात्रा शुरु गरिएको हो ।

साइकल यात्रामा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह सहित १२ जना बढीको टोली रहेको छ । सोे टोली पश्चिम महेन्द्रनगरबाट धनगढी, चिसापानी, विरेन्द्रनगर, नेपालगन्ज, अमेलिया, तुल्सीपुर, घोराही, स्वर्गद्वारी, भालुबाङ, हुदै १० औं दिन बिहिबार प्राचिन कपिलबस्तु तिलौराकोट दरवार आईपुगेको छ ।
कपिलबस्तुको प्राचिन तिलौराकोट दरवारमा आएको टोलीलाई कपिलबस्तु साईकिलिङ्ग संघका अध्यक्ष नासीर गौरीले स्वागत गर्दै राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्रको उत्खनन् गरिएका पुर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गराएका हुन ।

तिलौराकोट दरवार क्षेत्र अवलोकन पछि विश्व साइकल यात्री शाहले भगवान गौतम २९ वर्ष बिताएको ठाउ कपिलबस्तुलाई बिश्वका लागी पवित्र स्थल र नेपालीका लागी गर्वको स्थल हो भन्दै तिलौराकोट ऐतिहासिक तथा पर्यटकीय भूमि रहेकोले यसको विकास गर्नुपर्नेमा जोडदिदै तिलौराकोटलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्न नेपाल सरकार संग आग्रह समेत गर्नु भएको छ ।
कात्तिक १७ गते सुदूरपश्चिमको महेन्द्रनगरबाट सुरु भएको साइकल यात्रा २२ औं दिनमा पूर्व मेचीको काकडभिट्टा पुगेर समापन हुनेछ । यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिएको छ ।
महाकालीदेखि मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेकाले यस यात्रामा १२ जना बढी मात्रै सहभागी भए पनि बिभिन्न स्थानमा पुग्दा स्थानीय साइकल यात्रीहरुको पनि सहभागीता रहेको र कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएकालाई मात्र यात्रामा सहभागी गराउने गरिएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया