

कपिलवस्तुको वाणगंगाका २ जना कोराना संक्रमितको मृत्यु



कात्तिक २५ कपिलवस्तु
कपिलवस्तुमा कोरोना संक्रमणका पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना जिल्लाको वाणगंगा नगरपालिका भित्रका नागरिक रहेका छन् ।
वाणगंगा नगरपालिका वडा नम्बर १ र वडा नम्बर ६ का एक जना पुरुष र एक जना महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । वडा नम्बर १ कि ७० वर्षिय महिला र वडा नम्बर ६ का ७९ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।
उनीहरु दुवै जना बिरामी भई उपचारका लागि वुटवल गएका थिए । दुबैजनाको कारोना रिर्पाेट सोमबार पोजेटिभ आएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो । वडा नम्बर ६ का पुरुषको सोमबार राती मृत्यु भएको थियो भने वडा नम्बर १ की महिलाको आज दिउसो ३ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
यसैबिच आज थपिएका सँगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । हाल सम्म जिल्लाभर एक हजार ७ सय ४० जनामा कोरोना पुष्टी भएको छ । त्यस मध्ये आज साँझ सम्म १०७ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया