

नगद र गरगहना चोरी गर्ने दुईजना पक्राउ


कात्तिक २२ पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका(८ ढकाल चौपारीकी मनकुमारी श्रेष्ठको नगद र सुनका गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनकुमारीकी बुहारी राममाया श्रेष्ठ र पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका(३ घर भई हाल रामपुर नगरपालिका ५ बस्ने ३० वर्षीय माधव पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।
उनका अनुसार गत १८ गते राति साढे एक बजे उनीहरूले खुकुरी देखाइ मार्ने धम्की दिँदै लुटेका थिए। बाकस र दराजमा रहेको नगद ३ लाख ५८ हजार रुपैयाँ र साढे ९ तोला सुनका विभिन्न गरगहना लुटेर भागेका थिए।
निरन्तरको खोजतलासका क्रममा उनीहरूले लुकाई छिपाइ राखेको अवस्थामा नगद र सुनका गहना बरामद भएको गिरीले बताए। उनीहरूविरुद्ध डाका चोरीसम्बन्धी मुद्धा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया