
कपिलवस्तुमा मोहम्मद डे मनाइयो

कार्तिक १४ कपिलवस्तु
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९५ औं जन्म जयन्ती कलिवस्तु सहित देशभर मनाइएको छ । कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा घरमै बसेर पैगम्बर हजरतको जन्म दिन मनाएका हुन । कपिलवस्तुको तौलिहवामा ईस्लाम धर्मावलम्वीहरुले दिप प्रज्वलन गरि मोहोम्मद डे मनाएका हुन । घरमै पैगम्बरको जन्म जयान्ती मनाइ रहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताउनु भयो ।
कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्जमा मुस्लिमहरुले घर तथा मस्दिममा नमाज पढेर मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताउनु भयो । मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने मौलाना नेपालीले माग समेत गर्नु भयो ।
नेपालको जनगणना २०६८ अनुसार ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन । नेपालमा बसोवासको आधारमा ७७ वटै जिल्लामा मुस्लीम समुदाय रहेका छन ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया