

कोरोनाले खोस्यो सरायँ नाचको रौनक


कात्तिक १४कपिलवस्तु ।
हरेक वर्षको विजया दशमीको मुख्य दिन देखि कोजाग्रत पूर्णीमा सम्म हुने दशैको रौनक मध्येको एक हो सरायँ नाच । तर यस वर्ष कतै पनि सरायँ नाचको रौनक देखिएन । गत वर्षको चैत्र महिनाको सुरु देखि नै भित्रिएको कोरोना माहामारीका कारण यस वर्षको विजया दशमीमा कतैपनि सराय नाँचको प्रर्दशन गरिएन । कोरोना कै कारण मौलिक नृत्यको एक विधा सरायँ नाच पनि यस वर्ष प्रभावित हुन पुग्यो ।
दसैंको बेला कपिलवस्तु सहित, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, रुपन्देही, प्युठान लगाएतका लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सरायँ नाचको बेग्लै रौनक हुन्थ्यो । तर यस वर्ष सरायँ नाच हुने स्थान सुनसान भए । दसैं पनि खल्लो भयो ।
असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा विजयी जुलुस स्वरुप निकालीने सराय नाँच परापूर्वकालदेखि चल्दै आएको भए पनि यस वर्ष कतै पनि संचालन भएन । गोलो घेरा बनाई पञ्चेबाजाको तालमा खुँडा र तरबार कुशलतापूर्वक नचाउँदै एकअर्कामा खुलीको रक्तसंचार हुने गरी तरवार ठोकिएको आवाज आउने गरी नाच नाचिन्छ ।
कपिलवस्तु जिल्लाका विभिन्न दुर्गा भवानीका मठबाट निकालिने सरायँ नाँच हेर्न र नाँच्न जम्मा हुनेको हरेक वर्ष ठूलो उत्साह देखिन्थ्यो तर यस वर्ष कतै पनि त्यो उत्साह देखिएन । मन्दिर भित्रका सिमित व्यक्तिहरुले औपचारीकता पुरा गर्न नाच निकाले अनि प्रसाद सेलाए । कोरोना महामारीका कारण प्रशासनले पनि निषेध गरेकाले सरायँ नाच नभएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । यस वर्ष कोरोना महामारीका कारण जिल्लाका सबै मन्दिर तथा देवालयहरुमा अत्यावश्यक पूजाबाहेक अन्य कार्यक्रमहरु गर्न प्रशासनले रोक लगाएको थियो । सरायँ नाच नाच्दा देवी भगवती प्रशन्न हुने जनविश्वास रहेको बुढापाकाहरु बताउँछन् ।
सरायँ नाच विभिन्न कोट र शक्तिपिठहरु तथा खुला चौरमा नाच्ने चलन छ । नयाँ पुस्ताले वास्ता नगर्दा सरायँ नाच पछिल्लो समय लोप हुने स्थितिमा समेत पुगिरहेका बेला बेलाबेलामा आईपर्ने माहामारीले थप संकटमा पार्ने गरेको जानकारहरुले बताएका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया