

वडासचिव कुटेको आरोप वडाअध्यक्ष माथि


कार्तिक ५, ई–साझाकुरा
कपिलवस्तु जिल्लाको दक्षिण भेगमा रहेको मायादेवी गाँउपालिका वडा नं ७ का अध्यक्ष जर्नादन प्रसाद चौधरीले वडा सचिव रामेश गुप्तालाई कुटपिट गरेका छन । जन्म दर्ताको मिति सच्चाउने विषयमा विवाद हुदा वडाअध्यक्ष चौधरीले वडा सचिव गुप्तालाई कुटपिट गरेको आरोप लागेको छ ।

वडाअध्यक्ष चौधरीले आज विहान १० बजे कार्यालय खुल्ने वित्तिकै सचिव माथि हातपात गरेको वडा सचिव रामेश गुप्ताले जानकारी दिनुभयो । वडा अध्यक्ष दादगिरी शैलीमा आफुमाथि कुटपिट गरेको वडा सचिव गुप्ताले बताउनु भयो ।
यता वडा अध्यक्ष जर्नादन चौधरीले जन्मदर्ताको अभिलेख माग गर्दा समान्य विवाद भएको तर आफुले हातपात नगरेको बताउनु भयो । उहाले भन्नु भयो “मैले सविचलाई पटकपटक अभिलेख माग गर्दा बाहाना बनाउदै दराजको साचो नदिएपछी साचो मात्र खोसेको हु ।”
वडाअध्यक्ष जर्नादन चौधरी र वडा सचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन ।


खबर सबै
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा






प्रतिक्रिया