

वाणगंगा ७ को महिला लक्षित कार्यक्रमा साईकल वितरण


कात्तिक ५ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्ष २०७७÷०७८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत बुधबार १३ जनालाई निशुल्क साईकल प्रदान गरेको छ ।
वडा कार्यालयको भवन मोतिपुरमा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीले वडा भित्रका स्वास्थ्य स्वयमसेविका र वल विकास सहजकर्ताहरुलाई एकएक थान साईकल र झोला प्रदान गर्नुभएको हो ।
कार्यक्रममा वडा अध्यक्ष गिरीको अध्यक्षता तथा संविधान सभा सदस्य बलाराम अधिकारीको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालको विशिष्ठ आतिथ्यता सहित टोलविकास संस्थाका अध्यक्षहरु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल लगाएत विभिन्न संचार गृहका प्रत्रकारहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम नगर कार्यपालिका सदस्य साबित्रा थारुको स्वागत र वडा सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष गिरीले वडाका स्वास्थ्य स्वयंंसेविका र वालविकास सहजकर्ताहरुका लागि वडाको महिला लक्षित कार्यक्रम अन्र्तगत रु. एक लाख बिस हजारको लागतमा साईकल र लेडिज व्याग वितरण गरिएको जानकारी दिनुभएको छ । उहाँले वडाको विकासका लागि वडा समितिले हरेक क्षेत्रलाई समेट्दै लक्षित वर्गका कार्यक्रमहरुलाई पनि प्रभावकारी ढङ्गबाट संचालन गरिने बताउनुभयो ।



खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया