

थप ७ जनामा कोरोना पृष्टि : वाणगंगा कपिलवस्तु



कार्तिक ५, ई–साझाकुरा
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या बृद्धि भएको छ । बुधवार नगरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार लक्ष्ण देखिएर नीजि स्तरबाट जाँच गराएका ६ वडाका ७ व्यक्तमा कोरोना देखिएको हो ।
यसरी कारोना देखिनेमा वडा नम्बर २ का ३१ बर्षिय पुरुष, वडा नम्बर ३ का ३८ बर्षिय पुरुष, वडा नम्बर ७ का २९ र ५० बर्षिय पुरुष, वडा नम्बर ८ का ३५ बर्षिय महिला, वडा नम्बर ११ का ६६ बर्षिय पुरुषमा कारोना देखिएको हो ।
अर्का २७ बर्षिय ब्यक्तिको वडा खुलेको छैन । संक्रमित मध्ये एक जना सामुदायिक वनका अध्यक्ष रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेसनमा बसेका पनि पौडेलले बताउनु भयो । आज थप भएकासंगै नगरमा जम्मा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६८ पुगेको छ ।









प्रतिक्रिया