खेत जोत्ने क्रममा लु अ ज ४३६ नम्बरको ट्याक्टरले रुद्रपुरका बर्खु यादवको अन्दाजी ९÷१० बर्षिय छोरा विजय यादवको रोटावेटरमा वेरिएर मृत्यु भएको हो ।
सोमबार राती ८ बजे खेत जोत्ने क्रममा विजयको मृत्यु भएको हो । विजयको शव छतविछत अवस्थामा खेतमा भेटीएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
आफ्नै दाजु सुमिरन यादवले चलाएको ट्याक्टरको रोटावेटरमा बेरिएर विजयको ज्यान गएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी सहायक निरिक्षक धर्म बहादुर भण्डारीले जानकारी दिनु भयो ।विजयको शब शिवराज अस्पाताल बहादुरगंजमा राखीएको छ । चालक सुमिरन यादव फरार रहेकोले खोजि कार्य भैरहेको बहादुरगंज प्रहरीले जनाएको छ



















प्रतिक्रिया