

दाङमा चाडपर्व लक्षित सुरक्षा, एक हजार बढी प्रहरी परिचालन



कात्तिक १ दाङ ।
प्रहरीले दाङमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबारदेखि सुरक्षा योजना लागु गरिएको जानकारी दिएको छ।
दशैं, दिपावली तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले बताए। विभिन्न २८२ युनिटमा एक हजार नौजना सुरक्षाकर्मी परिचालन गरिएको चन्दले जानकारी दिए।
प्रहरीले दाङमा पर्व विशेष सुरक्षामा एउटा कमाण्ड पोष्ट, एउटा रिजर्भ फोर्स, १० वटा मोबाइल गस्ती, ५० वटा क्युआरटी, ५६ वटा पैदल गस्ती, ३० वटा पिकेट, ३० वटा ट्राफिकसहितको चेकिङ, आठवटा सरप्राइज चेकिङ, आठवटा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको चन्दले बताए।
यस्तै, यात्रु सहायता कक्ष सातवटा, राजमार्गमा हतियारसहित स्कटिङ तथा क्रस पेट्रोलिङ पाँचवटा, भिआइपी सुरक्षा १० र कार्यालय सुरक्षा तथा रिजर्भ ६६ वटा गरी २८२ युनिट तयार गरिएको हो। त्यसैगरी चाडपर्वलाई तडकभडक नबनाउन आग्रह गर्दै कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना र धनजनको सुरक्षाका लागि शान्ति सुरक्षामा ध्यान दिन अपिल गरेको छ।
१७ बुँदे अपिल जारी गर्दै जिल्ला प्रहरी कार्यालय दाङले कोरोना भाइरसको महामारी रहेकाले दूरी कायम गरी भिडभाडमा नजान र घरमै बसेर सामान्य हिसाबले चाडपर्व मनाउन आग्रह गरेको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया