

तीन दिनदेखि अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड सुचारु ।



असोज ११, पाल्पा ।
अविरल वर्षासँगै आएको पहिरोले तीन दिनदेखि अवरूद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सुचारु भएको छ।
गत शुक्रबार रातिदेखि अवरुद्ध सडक दिउँसो सवा ३ बजेदेखि एकतर्फी सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए। अविरल वर्षाका कारण उक्त सडकखण्डमा एक दर्जन बढी ठाँउमा पहिरो खसेको थियो । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव भएको थिएन। पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले तत्काल सडक खुलाउन नसकिएको हो। राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, कास्की, पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लामा जाने तथा उताबाट आउने ३ हजार बढी सवारीसाधन बीच बाटोमा रोकिएका थिए ।
राजमार्ग सुचारु भएसँगै रोकिएका सवारीसाधन गन्तव्यमा जान हिँडेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया