

तीन दिनदेखि अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड सुचारु ।



असोज ११, पाल्पा ।
अविरल वर्षासँगै आएको पहिरोले तीन दिनदेखि अवरूद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सुचारु भएको छ।
गत शुक्रबार रातिदेखि अवरुद्ध सडक दिउँसो सवा ३ बजेदेखि एकतर्फी सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए। अविरल वर्षाका कारण उक्त सडकखण्डमा एक दर्जन बढी ठाँउमा पहिरो खसेको थियो । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव भएको थिएन। पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले तत्काल सडक खुलाउन नसकिएको हो। राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, कास्की, पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लामा जाने तथा उताबाट आउने ३ हजार बढी सवारीसाधन बीच बाटोमा रोकिएका थिए ।
राजमार्ग सुचारु भएसँगै रोकिएका सवारीसाधन गन्तव्यमा जान हिँडेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया