स्थानिय तह भन्छ ‘विद्यालय खोलौँ’, प्रशासन भन्छ खोले कारवही गर्छौ

ई–साझाकुरा, असोज ११

स्थानीय तहको समन्वय र निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका छन् । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको केहि दिनमै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न चेतावनि दिएका छन् ।

इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।

‘अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु’ भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनी भन्छन् ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्मा कसले लिन्छ ?’ संक्रमण रोग नियन्त्रण ऐनको प्रयोग गरेर भएपनि सरकारले सञ्चालन नगर्नु भनेका संस्था या व्यवसायलाई बन्द गरिने उनले बताए ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत सरकारकै निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउँछन् । ‘मन्त्री परिषदले पारित गरेको वैकल्पिक सिकाई निर्देशिका अनुसार परिस्थिति अनुसार विद्यालय चलाउने निर्णय गरेका हौ ।’ बस्नेतले भने ।

त्यस्तै स्याङ्जाका शैक्षिक संस्थाहरु विस्तारै खुल्न थाले पछि स्याङ्जा प्रशासनले शैक्षिक गतिविधि संचालन नगर्न विज्ञप्ति मार्फत निर्देशन दिएको छ ।कोभिड १९ को संक्रामण जिल्लाका विभिन्न स्थानहरुमा समुदाय स्तरमा समेत देखिएको भन्दै शैक्षिक गतिविधि संचालन नगर्न विज्ञप्तिमा भनिएको छ ।

विद्यालय क्याम्पस लगायत सबै प्रकारका शैक्षिक संस्था तथा परिक्षा समेत अर्को सुचना जारी नभएसम्म संचालन नगर्ने नगराउने निणर्य नेपाल सरकार बाट भएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तीमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरितका कार्य गर्ने प्रयास भएको उल्लेख छ । विज्ञप्तिमा प्रत्यक्ष सिकाइ अवलम्वन गरी सरकारले गरेको निर्णय विपरीत संचालन गर्न खोजिएको पाइएकाले विद्यालय संचालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

सुझावलाई उल्लंघन गरी कसैबाट सामुदायीक वा संस्थागत विद्यालय सञ्चालन गरी संक्रामण फ्रलिन गएमा सो को जिम्मेवारी स्थानीय पालिका वा विद्यालयले नै लिनुपर्ने समेत विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमणका कारण पाँच महिनादेखि बन्द रहेका केही विद्यालयले विस्तारै पठन पाठन थालेका थिए । स्थानीय तहले विकल्प सहितको कार्ययोजना पेश गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि केहीले पठन पाठन थालेका थिए भने अधिकाशं संस्थागत विद्यालयहरुले विद्यालय खुलाउने तयारी गरेका थिए ।

स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी अविभावक शिक्षक दोधारमा परेका छन् ।

यो पनि पढ्नुहोस् ,

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस् , जोखिम कायम छ

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस् , जोखिम कायम छ

 

 

 

 

प्रतिक्रिया

खबर सबै