

दाङमा थप २१ जनामा कोरोना संक्रमण

असोज ६ दाङ।
तुलसीपुरमा एकै दिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका ७ महिने बालक सहित तुलसीपुर उपमहानगरपालिका ३ जना कर्मचारी, ईन्टरनेट वल्र्ड लिंकका ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
गएको शुक्रवार तुलसीपुरका कर्मचारी, ईन्टरनेटका कर्मचारी, क्वारेन्टाईनमा बसेका र कन्ट्याक्ट ट्रेसिङ गरी जम्मा ८४ जनाको नमुना स्वाव संकलन गरि घोराही पठाईएको थियो । ती सवैको कोरोना पपरिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ का ४ बर्षिय बालक र २४ बर्षिय पुरुष र २३ बर्षिया महिला, वडा नम्वर २ का ३१, २५ वर्षका दुई पुरुष र ६१ बर्षिया महिला , वडा नम्वर ३ का ५८ बर्षिय पुरुष र ७, १४ बर्षिया बालिका र २५ बर्षिया महिला , वडा नम्वर ५ का ५०, २२, २५ बर्षका पुरुष र २५,२७ बर्षिया महिला, वडा नम्वर ६ का २८, १२, ३१ बर्षिय पुरुष,वडा नम्वर ८ का २९ बर्षका पुरुष र १० बर्षिया बालिका र वडा नम्वर ११ का ७ महिने बालक रहेको फोक पर्सन केसीले जानकारी दिएका छन् ।
उनका अनुसार संक्रमित मध्ये तुलसीपुर उपमहानगरपालिका ३ कर्मचारी, वल्र्ड लिंकका ३ जना कर्मचारी, क्वारेन्टाईनका ८ जना र कन्ट्याक्ट ट्रेसिङका ७ जना रहेका छन् । यो संगै तुलसीपुरमा संक्रमितको संख्या २०१ जना पुगेको छ भने हाल सक्रिय संक्रमितको संस्था ५६ रहेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया