

म्याच फिक्सिङ प्रकरण : तत्कालिन कप्तान सागर थापासहित पाँचै जना निर्दोष



ई–साझाकुरा, भदौ २३
मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ।
न्यायाधीशद्धय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ।

‘आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ’, पूर्णपाठमा भनिएको छ, ‘सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हुँदाहुदै पनि सो कार्य राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसूर नहुँदा दफा ३.१ आकर्षित हुने कसूर हो भन्ने देखिदैन।’
विशेष अदालतले २०७५ जेठ २४ गते गरेको फैसलालाई सदर गर्दै खेल मिलेमतोमा नखेलेको ठहर सर्वोच्च अदालतले सार्वजनिक गरेको पूर्णपाठमा छ। नेपाल प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको थियो।
खेलाडीहरुमाथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो।
खेल मिलेमतोको आरोप लागेपछि एसियाली फुटबल महासंघ (एएफसी) तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबै खेल खेल्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो। तर, अदालतले खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको ठहर गर्दै सफाई दिएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया