
पूर्वाधार विकास निर्माणमा जोड ः मेयर शाह

ई–साझाकुरा, भदौ २१
कपिलवस्तुको कृष्णनगरपालिकाले स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा जोड दिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । सडक पूर्वाधार र अस्पताल स्तर बृद्धिका लागि करोडौंको बजेट विनियोजन गरिएको र केहिको टेण्डर आह्वान समेत गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाले बहादुरगंजमा रहेको नेपालकै दोस्रो पुरानो अस्पताल शिवराज अस्पतालको स्तर वृद्धिका लागी १५ शैयाको भवन निर्माण गर्ने नगर प्रमु्ख रजत प्रताप शाहले बताउनु भयो । १५ शैयाको भवन निर्माणका लागि नगरले २ करोड र अप्रेशन कक्षका लागी ५० लाख बजेट छुटाएको जानकारी दिनु भयो । नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण स्वास्थ्य क्षेत्रलाईको विकासलाई जोड दिएको उहाँले बताउनु भयो ।

नगरपालिकाले नगरको प्रमुख बजार र भारत सिमा संग जोडिएको बजार कृष्णनगर बजारको सडक स्तरउन्नती पनि यो बर्ष गर्ने भएको छ । कृष्णनगर बजार क्षेत्रको सडक , सडक विभागले बनाउन नमाने पछि नगरपालिकाले आफ्नै बजेटले सडक स्तर उन्नती गर्ने भएको हो । जसका लागी नगरपालिकाले बजार भित्रको सडक निर्माणका लागी ४ करोड २० लाख बजेट विनियोजन गरी टेण्डर समेत अव्हान गरि सकेको छ ।
यस्तै वडा नं. ८ र ९ को संयुक्त वडा कार्यालय भवन निर्माणका लागी १ करोड ४६ लाख बजेट विनियोजन गरी टेण्डर आह्वान गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।
एकै पटकमा वा एकै आर्थिक बर्षमा आमूल परिर्वतन हुन नसक्ने परिर्वतनका लागी समय लाग्ने भएको नगरपालिकामा पनि अहिले विकास निर्माण भइरहेको शाहले बताउनु भयो । सबै कुरामा सुधार क्रमिक रुपमा हुदै गइरहेकोले जनताले चाहेको जस्तो विकास र परिर्वतन आफ्नो कार्यकाल अवधीमा पुरा गरिछाड्ने शाहले ढृढता व्यक्त गर्नु भयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया