

प्रदेश ५ : ६ जिल्लामा ६ जनाको मृत्यु



भदौ२१,बुटवल ।
प्रदेश ५ का ६ जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पाल्पा र बर्दियामा भएका सवारी दुर्घटनामा दुईजना, रुपन्देही, दाङ र बाँकेमा पानीमा डुबेर तीनजना तथा अर्घाखाँचीमा एकजना कैदी गरी ६ जनाको मृत्यु भएको हो ।
अर्घाखाँची कारागारका ४६ वर्षीय कैदी विजय पाण्डेको मृत्यु भएको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकामा आइतबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
यस्तै पाल्पाको रम्भा गाउँपालिका ५ मा जिपको ठक्करबाट स्थानीय ६० वर्षीय पैदल यात्री भुपालसिह रानाको मृत्यु भएको छ ।ना३च ८८०८ नं.को बलेरो जिप अनियन्त्रित भई पल्टिएर रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । यस्तै बर्दियाको बारबर्दिया नगरपालिका(७ रम्मापुर ट्याक्टर दुर्घटना हुँदा स्थानीय तुलराम थारुको ५ वर्षीया छोरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै बाँकेको खजुरा गाउँपालिका ४ निमपुरकी ५५ वर्षीया रामावती चमारको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै रुपन्देहीको मर्चवारी गाउँपालिका(३ छोट्की मधुवनियाका निरञ्जन यादवका १५ वर्षीय छोराको घरदेखि दुई सय मिटर पश्चिमतर्फ रहेको नालामा डुबेर मृत्यु भएको छ । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्का नालीको खाल्डोमा डुबेर मृत्यु भएको छ । तुलसीपुर( १९ ग्वारखोला खैरेनीचोककी महिलाको घोराही(तुलसीपुर सडक खण्डको नालीको खाल्डोमा जम्मा भएको पानीमा मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया