प्रदेश पाँचमा थपिए ११२ कोरोना संक्रमित
भदौ १९, कपिलवस्तु ।
रुपन्देहीमा शुक्रबार थप तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । सिद्धार्थ नगरपालिका ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा ज्यान गएको हो ।
ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो । यसअघि बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना हुनु भएकी उहाँको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसैबिच पाँच नम्बर प्रदेशमा कोरानाका कुल संक्रमितहरुको संख्या ६ हजार ८ सय ४९ पुगेको छ । आज ११२ जना नयाँ संक्रमित थपिएका छन् । हाल उपचरमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९४ जना रहेको प्रदेश पाँच सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलले आजको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभयो । प्रदेश पाँचमा कोरोना जित्नेको संख्या ५ हजार २ सय ६पुगेको छ । आज १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । अहिले सम्म ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रदेशका विभिन्न जिल्लामा बनाईएका क्वारेन्टिमा १ हजार ५ सय ११ जनालाई राखिएको पनि सूचना अधिकारी पौडेले जानकारी दिनुभयो । जोखिमपुर्ण स्थानका संक्रमितका लागि क्वारेन्टिन संचलन गरेको उहाँको भनाई छ । प्रदेश पाँचमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको दर ७७ प्रतिशत रहेको बताइएको छ भने मृत्युदर ०.५२ प्रतिशत रहेको छ ।
यसैबिच आज थपिएका नयाँ संक्रमितहरु मधये पाल्पामा ६ जना छन भने सबैभन्दा धेरै रुपन्देहीमा ५६ जना, बाँकेमा ४४ जना बर्दियामा ६ जना रहेको आजको प्रेस ब्रिफिङका क्रममा बताइएको छ । अझै पनि धेरैको नमुना जाँचको प्रक्रियामा रहेको पौडेलले बताउनुभयो । प्रदेश पाँचबाट कुल २ हजार ९१३ को नतिजा अउन बाकँी रहेको उहाँले जानकारी दिनुभएको हो ।
प्रतिक्रिया